मन्त्रिपरिषदको बैठक : सरकारको नीति तथा कार्यक्रमलाई अनुमोदन गर्ने

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेर अघिबाट शुरु भएको बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफल भइरहेको छ ।

आज साँझ सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक बर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

सोही नीति तथा कार्यक्रमलाई मन्त्रीपरिषदको अहिलेको बैठकले अनुमोदन गर्ने  प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.