सुनकोसीमा बेपत्ता दुई सहसचिव सहित तीन जनाको खोजीमा गोताखोर परिचालन

सिन्धुली-  सुनकोसी नदीमा बेपत्ता भएका कर्मचारीहरुलाई खोज्न गोताखोर परिचालन गरिएको भएपनि हालसम्म फेला परेको छैन ।

मध्यपहाडी राजमार्गबाट सुनकोसीमा गाडी खस्दा सीटिइभीटीका तीन जना कर्मचारी बेपत्ता भएपछि उनिहरुको खोजी गर्न शसस्त्र प्रहरीको गोताखोर परिचालन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवाले जानकारी दिनुभयो ।

मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाँउपालिका ७ लौकुन भन्ने स्थानबाट सुनकोसी नदीमा जिप खस्दा जिपमा सवार तीन जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी सिलवालका अनुसार प्राविधि शिक्षा तथा व्यवसायीक तालिम परिषद्(सिटिइभीटि) को बा १ झ ७४६७ नम्बरको जिप काठमाण्डौबाट खोटाङ तर्फ जादै गरेको जिप सुनकोसीमा खसेको थियो ।

चार जना सवार रहेको जिप सुनकोसीमा खस्दा चालक ३१ बर्षिय कृष्ण चौधरी घाइते भएका छन् भने सिटिइभीटि प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ बर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा प्रमुख ५६ बर्षीय यमप्रसाद भुर्तेल, र विद्युत प्रशिक्षक ३२ बर्षीय भानु पौडेल सुनकोसीमा बेपत्ता भएपछि उनिहरुको खोजीमा गोताखोर परिचालन भएको हो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.