दार्चुलामा एनटी फाइबर सेवा सुरु

दार्चुला- नेपाल टेलिकमले दार्चुलामा एनटी फाइबर सेवाको शुभारम्भ गरेको छ । आइतबार ग्राहकहरुलाई सीपीइ हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गरिएको हो ।

एनटी फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले बताउनुभयो । टेलिकमको एनटी फाइबर सेवा दार्चुला जिल्ला सदरमुकाम खलंगा बजार र गोकुलेश्वर बजार क्षेत्रमा विस्तार गरिएको छ ।

इन्डिभ्युजिअल र कर्पोरेट क्षेत्रलाई एनटी फाइबर सेवा बिक्री गरिन थालिएको कार्यालय प्रमुख गुरुङले बताउनुभयो । टेलिकमका अनुसार फाइबर टु दि होम सेवा नेपालमा हालसम्म उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको हो ।

हाल स्प्रिङ अफर अन्तर्गत डाटा सुविधामा एफटीटीएच प्याकेज वार्षिक ८ हजार रुपैयाँमा, एनटीटीभी सहितको प्याकेजलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटी टीभी सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ । सुदूरपश्चिमका अन्य जिल्लामा यसअघि नै यो सेवा सुचारु गरिएपनि दार्चुलामा जेठ २१ गतेदेखि सेवा सुचारु गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.