प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै
काठमाडौं- प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछन् । सात मध्ये कोसीले हिजै अध्यादेश मार्फत्बजेट सार्वजनिक गरिसकेको छ भने बाँकी छवटा प्रदेश सरकारले आज सार्वजनिक गर्दैछन् ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । कृषि, स्वास्थ्य, शिक्षा लगायत भौतिक पूर्वाधार निर्माण प्रदेशहरुको प्राथमिकतामा परेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न लागेको छ ।
लुम्बिनी प्रदेश सरकारले पनि आज बजेट ल्याउदैछ । दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट पेश गर्नुहुने छ । यस बर्ष बजेट कटौती भएका कारण चालु आर्थिक बर्षको तुलनामा बजेटको आकार घट्ने छ ।
अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले मगरले बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । गण्डकी प्रदेशको बजेट ३३ अर्ब आसपासको हुने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्