बाढीपछि माछा मार्नेको घुँइचो (फोटो फिचर)

धनकुटा- वर्षाका कारण नदिमा आएको बाढीले माछा बगाएर ल्याएपछि धनकुटाको मुलघाटस्थित तमोर नदीमा स्थानीयहरु माछा मार्नेको घुइँचो लागेको छ । वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथरमा जनधनको क्षति भएपनि धनकुटाको मुलघाट आसपासमा भने माछा मार्नेहरुलाई फाइदा पुगेको छ ।

तमोर तथा अरुण नदीमा बाढी आएपछि माछा मार्नेको भिड लागेको हो । नदीमा लेदो सँगै ठूला ठूला माछाहरु बगरमा भेटिन थालेका छन् । तर, एकातिर बाढी आउने र अर्कोतर्फ माछा मार्नेहरुको भीड बढ्न थालेपछि जोखिम पनि उत्तिकै बढेको छ ।

नदीमा बाढी आएपछि एउटै माछा २५ केजीसम्मको भेटिएको छ । यसअघि २०७२ सालमा एक सय केजीसम्मको माछा भेटिएको मुलघाटकी फुलमाया श्रेष्ठको भनाइ छ । तमोर भेटिएको माछा अहिले प्रतिकिलो एक हजार रुपैयाँसम्ममा बिक्रि भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.