गुडिरहेको गाडीमा आकस्मिक आगलागी

स्याङ्जा- पोखराबाट भैरहवा जाँदै गरेको ना ७ ख ५३२३ नम्बरको मिनिबसमा एक्कासि आगलागी भएको छ । वालिङ र गल्याङ नगरपालिकाको सिमाना गोलाउदी खोलामा एक्कासी आगो लागेको हो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएपनि बसको बनोटको भाग पुरै जलेको छ । जलेको गुडिरहेको गाडिमा धुवाँ देखिएपछि यात्रुलाई तत्कालै बसवाट ओरालिएको थियो ।

प्रहरी, दम्कल, स्थानीय र अन्य गाडिमा सवार यात्रुहरुको सहयोगमा नियन्त्रणमा लिएको थियो । आगोलागि हुनाका कारण भने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.