उद्धार गरिएकी बालिकाको मृत्यु

पाँचथरको- पाँचथरको फालेलुङ गाउँपालिका–३ मा पहिरामा परेर जीवित उद्धार गरिएकी नौ वर्षीया बालिकाको मृत्यु भएको छ ।

स्थानीयवासीले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आइतबार बिहान जीवितै उद्धार गरेका थिए । जुना मनप्रसादकी नातिनी हुन् ।

उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएकी थिइन ।

बिहान जीवित उद्धार गरिएकी जुना सावदेनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फँसेकी थिइन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.