जनप्रतिनिधिले गरे विपन्न विद्यार्थीलाई सहयोग

धादिङ- पहिलो पटक धादिङमा एक जन प्रतिनिधिले आफुले पाएको तलव भत्ताबाट आफ्नो स्थानीय तहमा भएका गरिव र जेहन्दार विद्यार्थीहरुका लागि विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेका छन।
धादिङको नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर-३का वडा अध्यक्ष राजकुमार श्रेष्ठलले आफ्नो स्थानीय तहमा भएका गरिवीका कारण विद्यालय शिक्षाबाट बञ्चत हुने अवस्थामा रहेका बालवालिकाहरुलाई झोलासहित विद्यालय पोशाक र एक वर्षका लागि आवाश्यक सबै शैक्षिक सामग्री प्रदान गरेका हुन ।
पहिलो चरणमा आफ्नो वडामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालवालिका जस्ले विद्यालयमा शिक्षाका लागि आवाश्यक शैक्षिक सामग्री समेत खरिद गर्न नसक्ने अवस्थाका छन् उनीहरुका लागि सहयोग गरिएको श्रेष्ठले बताए ।
विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ५५ जना बालवालिकाहरुलाई पहिलो चरणमा छात्रबृत्तिसमेत दिइएको छ । जसका कारण विद्यालय उमेरका बालवालिकाहरु गरिवीका कारण विद्यालय छाड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।
नीलकण्ठ नगरपालीकाले गरिव र दलित विद्यार्थीहरुका लागि प्रदान गरिने छात्रावृत्तिमा समेत आनाकानी गरिरहेको वेला वडा नम्वर- ३ ले भने वडा अध्यक्षकै सक्रियतामा वडा अध्यक्ष अक्षय कोषसमेत स्थापना गरेको छ ।
सो कोषमा यसै वर्ष स्थानीयलगाएत वडा अध्यक्षले पाउने एक वर्षसम्मको तलवभत्ता स्वरुपको रकम गरी एघार लाख संकलन भैसकेको छ भने नीलकण्ठ नगरपालिकाका स्थानीयको सक्रियतामा सो कोषमा अब पचासलाख पुर्याइने लक्ष्य राखिएको छ।।
प्रतिक्रिया राख्नुहोस्