हिल्सा नाका जाँदै गरेको जीप दुर्घटना, १ जनाको मृत्यु
हुम्ला- सिमकोटबाट हिल्सा नाका जाँदै गरेको जिप कर्णाली नदीमा खसेको छ ।
हुम्लाको नाम्खा गाउँपालिका-१ मा पर्ने च्याछहरा भीरमा उकालो चढ्दै गरेको जिप भीरबाट कर्णाली नदीमा खसेको हो ।
आज बिहान सिमकोटबाट हिल्साका लागि हिँडेको जिप करिब ७ बजे भिरबाट खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईका अनुसार कर्णाली प्रदेश ३०–१–०२२च५१२६नम्बरको जिप दिउँसो कर्णाली नदीमा खसेको थियो।
दुर्घटनामा गाडी चालक जनकपुर शान्तिपुर-२ धनुषाका २५ बर्षीय राजेशहेमजंग तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
१२ जना भने शकुसल रहेको धारापोरी प्रहरी चौकीलाई उद्दत गर्दे जिल्ला प्रहरीले जानकारी दिएको ।
जीप सडकबाट ५सय मिटर तल ठूलो भीरबाट नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख भट्टराईले भने खबर पाउने बित्तिकै धारापोरी प्रहरी चौकीबाट प्रहरी टोली पठाएको बताएका छन् ।
जीप चिनको ताक्लाकोटमा जान सिमापास बनाउन सदरमुकाम सिमकोट आएका लिमिका १२ जना यात्रु बोकेर हिल्सा जान लागेको जानकारी प्राप्त भएको छ ।।
प्रतिक्रिया राख्नुहोस्