हजारौं श्रद्धालुहरुको सहभागितामा निस्कियो गहवामाईको रथयात्रा

पर्सा- वीरगन्जमा आज हजारौं श्रद्धालुहरुको सहभागितामा गहवामईको रथयात्रा निकालिएको छ । गहवामाई मन्दिर जिर्णोद्वार भएको ११ औं वर्ष पुरा भएको अवसर पारेर गहवामई मन्दिर व्यवस्थापन समितिले माताको प्रतिमा राखि रथयात्रा निकालेको हो ।

विभिन्न बाजागाजासहित हजारौं भत्तजनको सहभागितमा वीरगन्जको माईस्थानबाट निकालिएको रथयात्रा घण्टाघर, गहवा, कुम्हालटोल, नगवा,छपकैया,आर्शनगर घडिअर्वा हुँदै पूनः माइस्थानमा पुगेर विर्शजन भएको गहवामाई मन्दिरका मुख्य पूजारी राधेश्याम प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले तराईको प्रसिद्ध शक्तिपिठको रुपमा चिनिने २ सय ४० वर्ष भन्दा पुरानो गहवामाईको मन्दिरको जिर्णोद्वारको ११ वर्ष पुरा भएको अवसरमा माताको प्रतिमा रथमा राखि यात्रा निकालिएको बताउनुभयो ।

रथ यात्रामा बारा, पर्सासँगै सिमावर्ती भारतीय सहरबाट ठुलो संख्यामा श्रद्धालुहरुको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.