रुकुमको मुसिकोटमा जीप दुर्घटना हुँदा दश जना घाइते

रुकुम पश्चिम- रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा आज बिहान जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मुसिकोट नगरपालिका-१ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न जाँदै गरेको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमध्ये एकजनाको अवस्था गम्भिर रहेको बताइएको छ । जिपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । जिप स्टार्ट गर्ने क्रममा ब्रेकले काम नगर्दा पछाडी सरेर सडकबाट तल करिब ६ मिटर तल खसेको प्रहरीले बताएको छ । घाइतेहरू सबैको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.