गोरखाको मनकामनामा नजिकै जन्ति बस दुर्घटना: पाँच जनाको मृत्यु, १२ जना घाइते

गोरखा- गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । सहिद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्किँदै गरेको ०१–०२३च ४४ २७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार घट्ना लगत्तै जिल्लाबाट डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो । अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.