गोरखा दूर्घटना अपडेटः मृतक पाँचैजनाको सनाखत

गोरखा- गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृतक पाँचैजनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा शहीद लखन गाउँपालिका५ पोखरीडाँडाका २५ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १८ वर्षीय निरज थापा, १७ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापा रहेका छन् ।

शहीद लखन गाउँपालिका वडा नम्वर ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका तीनवटा गाडीहरुमध्ये प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप पातलेखोला भन्ने स्थानमा आज बिहान दुर्घटना भएको थियो ।

जिपमा १९ जना सवार थिए । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना सकुशल छन् । गम्भीर घाइते शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका ३८ वर्षीय लालु थापालाई चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्य ११ जना घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.