प्रतिनिधि सभाबाट विनियोजन विधेयक-२०८० बहुमतले पारित

काठमाडौँ- सरकारले ल्याएको आर्थिक बर्ष २०८०/८१ को बजेट प्रतिनिधि सभाको बहुमतले पारित भएको छ।
अर्थमन्त्री डा प्रकाश शरण महतले प्रतिनिधि सभामा विनियोजन विधेयक २०८० पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो ।
प्रतिनििध सभामा एमाले सांसदहरुले मत विभाजनबाटै विनियोजन विधेयक पारित गराउन माग गरेपछि प्रतिनिधि सभामा मत विभाजन भएको थियो ।
मत विभाजनमा जाँदा प्रस्तावको पक्षमा १४७ मत र विपक्षमा १०८ मत परेको थियो ।
आज जम्मा २५५ जना सांसदहरु बैठकमा उपस्थित हुनुहुन्थ्यो ।।






प्रतिक्रिया राख्नुहोस्