युवा उपन्यासकार घिमिरेको “द स्टारडस्ट ईन अस” सार्वजनिक

 काठमाडौँ-  प्रतिभाशाली युवा उपन्यासकार अनिस घिमिरेले अंग्रेजी भाषामा लेखेको उपन्यास “द स्टारडस्ट ईन अस” सार्वनजिक भएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रोफेसर डा. अभि सुवेदी, प्रोफेसर डा. ईन्द्र कार्की, प्रोफेसर डा. राजनप्रसाद पोखरेल र सेण्ट जेभियर कलेजका प्रिन्सिपल फादर डा. अगस्टिन थोमसले संयुक्त रुपमा उपन्यास लोकार्पण गर्नुभएको हो ।

घिमिरेको यो दोश्रो उपन्यास हो ।

प्रोफेसर डा. अभि सुवेदीले स्टार डस्ट युवाको काल्पनिक शक्तिको उपज भएको बताउनुहुँदै बिषय वस्तु, पात्रहरुमार्फतको कथा आदिले लेखक घिमिरे सन्तुलनमा रहेर उत्कृष्ट कृति पस्कन सफल रहेको उल्लेख गर्नुभयो ।

साथै उहाँले  नेपालमा प्रकाशित हुँदै आएका अन्य उपन्यासको दाँजोमा अनिसको कृति अब्बल भएको पनि बताउनुभयो ।

प्रोफेसर डा. राजनप्रसाद पोखरेलले लेखक घिमिरे आफ्नो सबैभन्दा मनपर्ने लेखक भएको बताउनुभएको थियो ।

सेण्ट जेभियर कलेजका प्रिन्सिपल फादर अगस्टिन थोमसले आफुले अनिसलाई विद्यार्थीका रुपमा अभुतपूर्व पाएको र कलेजले पहिले पनि सम्मान गरिसकेको स्मरण गर्नुभयो ।

उपन्यासका लेखक घिमिरेले जीवनको अर्थ पहिल्याउन दुई सजिव पात्रमार्फत पृथ्वीलाई मात्र हेर्ने परम्परा भन्दा फरक अर्थात तारा समेतलाई दृष्टिगोचर गरेर आफुले दोस्रो कृति रचना गरेको बताउनुभयो । साथै उपन्यासकार घिमिरेले कलेज, अभिभावक र अन्य धेरैको सहयोगले आफु यस स्थानसम्म आइपुगेको स्मरणका साथ सबैप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा युवाहरुको प्रतिनिधित्व गर्दै सिवानी बज्राचार्य र अनुस्का घिमिरेले लेखक र कृतिको बिषयमा बोल्नुभएको थियो । लोकार्पण कार्यक्रममा अनिसका आफन्तजन, सहपाठी, साहित्यप्रेमी लगायतको सहभागिता थियो ।

२७१ पृष्ठको उक्त उपन्यासको प्रकाशन इन्डिगो इन्कले गरेको हो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.