दक्षिणपश्चिम भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा यात्रु बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु हुनाको साथै अन्य केही व्यक्ति घाइते भएका छन् ।

स्थानीय प्रहरीले जनाएअनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । सो दुर्घटना नागपुर शहर नजिक समृद्धि महामार्ग एक्सप्रेसवेमा भएको हो । यवतमालबाट पुणे जाँदै गरेको उक्त बसमा ३३ जना यात्रु सवार रहेको बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.