नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध, ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने

चितवन- नारायणगढ-मुग्लिङ सडकखण्ड फेरी अवरुद्ध भएको छ । ईच्छाकामना-५ को तुईनखोला नजिकै गएराति १२ बजे ठुलो पहिरो गएको जिल्ला ट्राफिक कार्यलय चितवनले जानकारी दिएको छ ।

पहिरो विहिवार र शुक्रवारको भन्दा ठुलो भएकाले पन्छाउन लामो समय लाग्ने देखिएको छ । ट्राफिक प्रहरीका अनुसार पहिरो पन्छाउने काम सुरु भएको छ । सडक कहिलेसम्म खुल्ने भन्ने यकिन नभएका कारण यात्रुहरुलाई बैकल्पिक सडक प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

पूर्व र पश्चिमबाट काठमाण्डौ जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई ’लाइफलाइन’ पनि भन्ने गरिन्छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाण्डौ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.