प्रतिपक्षी दलको अबरोधका कारण लुम्विनी प्रदेश सभा बैठक स्थगित

दाङ- प्रमुख प्रतिपक्षी दलकाे अवराेधका कारण आजकाे लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ ।

भाेलि दिउँसो १ बजे बैठक बस्ने गरी स्थगित गरिएको सभामुख तुलाराम घर्तिले जानकारी दिनुभयाे।

प्रमुख प्रतिपक्ष दलकाे आवाजलाई सम्मान गर्दै बैठक स्थगित गरेकाे सभामुखले जानकारी दिनुभयो।

लुम्बिनी प्रदेश सभा बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्ष दलका सांसदहरुले बैठकमा नाराबाजी सुरु गरेका थिए ।

गत १३ गते आह्वान गरिएको बैठकमा बजेटकाे बिषयमा आपत्ति जनाउदै बिराेध गरेपछि बैठक अघि बढ्न सकेकाे थिएन ।

त्यसपछि अबरुद्द संसद बैठक आजकाे लागि आह्वान गरिएको थियाे ।

प्रमुख प्रतिपक्ष दलले सरकारले लिखित जवाफ नदिदा सम्म बैठक चल्न नदिने अडान लिएको छ । अहिले सांसदहरु राेष्टम अगाडि उभिएर बिराेध जनाइरहेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.