इजराइलद्वारा प्यालेस्टायनविरुद्ध ठूलो सैन्य कारवाही शुरु

इजरायली सेनाले प्लालेस्टाइनविरुद्ध उत्तरी क्षेत्रबाट ठूलो सैन्य कारवाही शुरु गरेको छ । इजरायलीले वेस्ट बैंकको जेनिन क्याम्पबाट हमला शुरु गरेको हो ।

आक्रमणको शुरुवात कयौं हवाई हमलाबाट गरिएको छ । आक्रमण शुरु भएपछि सामाजिक संजालमा सार्वजनिक भएका भिडियोहरुमा आवासीय भवनका ब्लकहरुबाट धुँवाको मुस्लो निस्किएको देखिएको छ । जारी आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु भएको र १२ जना घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जेनिन क्षेत्रमा निर्माण गरिएका आतंकवादी पूर्वाधारमा आक्रमण गरिएको इजरायली सेनाको दावी छ । प्यालेस्टिनी समूह फताह, हमास र इस्लामिक जिहादका सशस्त्र व्यक्तिहरू समावेश गर्ने सैन्य छाता संगठन जेनिन बटालियनले भने अन्तिम समयसम्म लड्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.