नेपाल बंगलादेशलाई विद्युत निर्यात गर्ने अन्तिम तयारीमा
काठमाडौं- नेपालले बंगलादेशलाई विद्युत निर्यात गर्न अन्तिम तयारीमा जुटेको छ । भारत–नेपाल तथा बंगलादेशबीच भएको त्रिपक्षीय उर्जा सम्झौता अनुरुप नेपालले यही बर्षयामदेखि बंगलादेशलाई बिद्युत निर्यात गर्न लागेको हो ।
सम्झौता अनुरुप पहिलो चरुणमा भारतको प्रसारण लाइन प्रयोग गदै ४० मेगावाट विद्युत बंगलादेश निर्यातगर्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
यही बर्षयामदेखि बंगलादेशमा विद्युत निर्यात गर्न भारतले आफ्नो प्रसारण लाइन प्रयोग गर्न दिने सहमति जनाएका कारण निर्यातको तयारी अन्तिम चरणमा रहेको प्राधिकरणको भनाई छ । यद्यपि प्राधिकरणका अनुसार बंगलादेश निर्यात गर्ने विद्युतको मूल्यका विषयमा भने अझै टुंगो लागेको छैन् ।
तर भारतलाई अहिलेको मूल्यमा बिक्री गरेको आधारमा नै बंगलादेशलाई पनि विद्युत निर्धारण गर्ने तयारी भईरहेको प्राधिकरणले जनाएको छ । यसअघि बंगलादेशमा भएको नेपाल भारत र बंगलादेशबीच सचिव स्तरीय त्रिपक्षीय बैठकमा नेपालले भारतको बाटो हुँदै तेस्रो मुलुक अर्थात बंगलालदेशलाई ५० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने सम्झौता भएको थियो ।
सोही सम्झौताबमेजिम नेपालले विद्युत निर्यातको गृहकार्य थालेको हो । बंगलादेशलाई विद्युत निर्यात गर्न सकिएमा भारत बाहेक अन्य मुलुकमा समेत पठाउन अधार तय हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्