प्रतिनिधि सभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने

काठमाडौँ- प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। संघीय संसद सचिवालयले आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विषेश कारणले भोलि दिउँसो ३ बजे बस्ने जनाएको छ ।

संघीय संसदका महासचिव डा भरत गौतमले केहीवेर अघि सुचना निकालेर बैठक भोलि सोमबार दिउँसो ३ बजे बस्ने जानकारी दिनुभएको छ ।

यसअघि नेकपा एमालेले अवरुद्द गर्दै आएको बैठक आज प्रधानमन्त्रीले सम्बोधन गर्ने गरी सुचारु हुने जनाइएको थियो ।

तर विषेश कारण देखाउँदै बैठक भोलिको लागि सारिएको छ ।

एमालले र प्रधानमन्त्रीले व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजिनामा माग गर्दै संसद बैठक अवरुद्द पार्दै आएको छ ।

यसैबीच, संसदलाई सुचारु गर्ने विषयमा आज विहान ठूला तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो  ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.