अर्गानिक तरकारीको उत्पादन बढ्दो, अनुगमनमा स्थानीय तह

बझाङ-  कृषि ज्ञानकेन्द्र बझाङले जिल्लाका बिभिन्न ठाउँमा अनुगमन गरेको छ । आज छबिसपाथीभेरा गाउपालिका केदारस्यु गाउँपालिका र बिथडचिर गाउँपालिकामा कृषि ज्ञानकेन्द्रबाट सञ्चालनमा रहेका बिभिन्न कार्यक्रमको पत्रकारसहितको टोलिले अनुगमन गरेको हो ।

अनुगमन टोलिले आर्थिक बर्ष २०७९ /८० मा ५ लाखको लागतमा छबिसपाथीभेरा गाउपालिका १ भाडेमा परिक्षणको लागि लगाइएको ड्रागन फ्रुट्सको अनुगमन गरेको छ ।

यस्तै उक्त टोलिले केदारस्यु गाउपालिका-१ को झोलामा र अर्गानिक तरकारी गाउँ बिथडचिरको आनन्द पुमा समेत तरकारी बालिको अनुगमन गरिएको छ ।

रसायनिक मल र बिषादीको प्रयोग नगरी प्रांगारीक मल र बनस्पती बिषादीको प्रयोग गरी आलु,गोलभेंडा, बन्दा लगायत विभिन्न तरकारी उत्पादन गर्ने लक्ष्यका साथ प्रांगारिक मिसन तरकारी खेती गरिँदै आएको छ ।

यस कार्यक्रममा कृषि ज्ञान केन्द्र बझाङले सहयोग गरेको छ । अहिले कृषि ज्ञानकेन्द्रले सहयोग गरेपछि आफुहरुलाई तरकारी उत्पादन गर्न देखि ढुवानी गर्न सहज भएको कृषक माया देबी बोहराले बताउनुभयो ।

कुनै समयमा भाडामा लिएर व्यबसाय गर्दा धेरै समस्या रहेकोले हाल कृषि, घर र जग्गा आफनै समुहको नाममा दर्ता भैसकेको र कृषि ज्ञान केन्द्रले सहयोग गर्दा काम गर्न सहज भै समुह महिलाहरुले राम्रै आम्दानी गर्ने गरेको उनिहरुको भनाइ छ।

अझै स्थानीय सरकारदेखि कृषि ज्ञान केन्द्रले फलामे टनेल , सिँचाइको व्यबस्था गरिदिए आफुहरुलाई सहज हुने कृषक महिलाहरुले बताएका छन् ।

अहिले महिलाहरु एक जुट भएर तरकारी खेतीसँगै अन्य सामाजिक काम पनि गर्दै आएका छन ।

सरकारले जुन उदेश्यले यो ठाउँमा काम गरिरहेको छ त्यो पूर्ण भएको भन्न नसकिने भएपनि तर यो कार्यक्रम पहिलो चरणमा रहेकाले महिलाहरुको आम्दानी बढेको ,महिला शशक्तिकरण भएको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर बिष्टले बताउनुभयो ।

साथै मेहनत गर्ने कृषकहरुलाई कृषि ज्ञान केन्द्र सँधै साथमा रहेको र उक्त ठाउँको बन्दा, आलु, काक्रा, गोलभेंडा लगायतका तरकारी जिल्लाका बिभिन्न स्थानीय बजारसम्म पुग्ने गरेको विष्टको भनाइ थियो ।

पछिल्लो समयमा तराई तथा भारतबाट बिषादी मिसावट तरकारी तथा फलफूलहरु बजारमा भित्रिएको र यसबाट मानव स्वास्थ्यमा नकारात्मक असर परेको हुँदा नेपाल सरकारले परम्परागत रूपमा रैथाने बाली लगाउने र बिषादिरहित अर्गानिक तरकारी फलफूल र अन्य खाद्य बस्तुहरु उत्पादनका लागि किसानहरुलाई प्रोत्साहन गरिएको छ।

जिल्लाका चार वटा पालिकामा बिषादिरहित गोठे मलको प्रयोगबाट तरकारी उत्पादन गर्न थालेपछि यसको माग अहिले तराइका बजारहरुमा पनि बढ्दै गएको बझाङ कोसेली घरका संचालक वसन्त खड्का बताउनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.