हवाई आक्रमणमा बाइस जना मारिए

सुडानको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहति भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा रहेको दार अल–सलाम अल–अम्रिया क्षेत्रमा भएको हवाई हमलामा २२  नागरिकको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् ।
यससम्बन्धमा सुडानी सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सले एक विज्ञप्ति निकालेर आक्रमणको निन्दा गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.