एसईई मा ४ जिपिए ल्याउने विद्यार्थीलाई छत्रकोटद्वारा सम्मान

गुल्मी- गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । २०७९ सालमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा एसईई) मा श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट ४ गुल्मीबाट ४ जिपिए ल्याएकी स्मृति कंडेललाई गाउँपालिकाले सम्मान गरेको हो ।

पालिकाले एक कार्यक्रमको आयोजना गरेर जिल्लाबाट उत्कृष्ट अंक ल्याएर पास हुन सफल कंडेललाई पालिका अध्यक्ष रामप्रसाद पाण्डेले नगद रु ३५ हजार सहित सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बधाई ज्ञापन गर्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताउनुभयो ।

उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने विद्यार्थी कंडेलले जिल्लाकै र नेपाल राष्ट्रकै शिर उचो हुने गरि प्रगती गरेको अध्यक्ष पाण्डेले बताउनुभयो । गाउँको सामुदायिक विद्यालयले पनि उत्कृष्ट अंक ल्याएर विद्यार्थी उतिर्ण हुनसक्छन् भन्ने सन्देश प्रवाह विद्यालयले गरेको पाण्डेले बताउनुभयो ।

उहाँले आगामी दिनमा पनी छत्रकोटका अन्य विद्यालयहरुबाट पनि यस्तै नतिजाको अपेक्षा रहेको बताउनुभयो । विद्यालय हरुको गुणस्तर वृद्धिको लागी गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको अध्यक्ष पाण्डेको भनाई छ ।

श्रृङ्गा जनता माध्यमिक विद्यालयसामुदायिक विद्यालयतर्फ लुम्बिनी प्रदेशमै प्रथम भएको छ । यसवर्ष उक्त विद्यालयबाट ४५ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका थिए ।

विद्यालय २०१६ सालमा स्थापना भएर शिक्षाको ज्योती प्रवाह गर्दै आएको छ । छत्रकोट गाउँपालिकाले एसईईमा २ दशमलव ८ जिपिए भन्दा बढि ल्याएर पालिकामै कक्षा ११ र १२ पढे पूर्णरूपमा छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.