प्रतिनिधि सभामा प्रधानमन्त्रीको प्रश्न : प्रतिपक्षीले राजिनामा माग्दैमा दिनुपर्ने हो ?

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति आएपछि उठेका प्रश्न तथा टिप्पणीको स्पष्टीकरणका लागि पहिले नै तयार भए पनि मौका नदिइएको गुनासो गर्नुभयो ।

प्रतिपक्षी दलले राजीनामा नआएसम्म संसद्‍ चल्न नदिने भन्दै अडान लिएको कुराप्रति उहाँले आपत्ति जनाउनुभएको छ ।

साथै प्रमुख प्रतिपक्षी दल एमालेलाई लक्षित गर्दै उहाँले यसरी राजीनामा माग्नु लोकतान्त्रिक पद्दति नभएको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले प्रतिपक्षीतर्फ प्रश्न गर्नुभयो- ‘के प्रतिपक्षीले राजिनामा माग्दैमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने हो ?’

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीलाई अनावश्यक रुपमा प्रश्न गर्नेहरुले भविष्यमा आफ्नो बारेमा पनि सोच्न आग्रह गर्नुभयो ।

बैठक नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरोध गरेको संसद खुलाउन तयार भएपछि बैठक सुरु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.