ललिता निवास प्रकरण : सचिव राउतसहित ३ जनालाई दुई दिन थुनामा राख्न आदेश

काठमाडौँ- ललिता निवास प्रकरणमा संलग्न भएको अरोपमा पक्राउ परेका संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलगायत दुई जनालाई थप दुई दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

सचिव राउतसहित समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न आज अदालतबाट म्याद थप भएको हो ।

म्याद थप भएपछि थप अनुसन्धान अघि बढ्ने नेपाल प्रहरिको केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक दिनेश कोइरालाले जानकारी दिनु भएको छ ।

ललिता निवासको जग्गा किर्ते कागज बनाई किनवेच गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले बहालवाला सचिव राउतलाई हिजो पक्राउ गरेको हो ।

राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।

२०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाउनु भएको थियो ।

यसै प्रकरणमा प्रहरीले समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई पनि पक्राउ गरेको हो । उनीहरु माथि सरकारी जग्गा संरक्षणमा पहल नगरेको आरोप लागेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.