क्याम्पस भवनमाथि वीरगन्ज महानगरपालिकाले चलायो डोजर

पर्सा- सर्वजनिक जग्गा अतिक्रमण गरी शैक्षिक संस्थाले निर्माण गरेको भौतिक संरचनामाथि वीरगन्ज महानगरपालिकाले डोजर चलाएको छ । वीरगन्जको आदर्शनगरमा संचालित रहेको हरिखेतान बहुमुखी क्याम्पसले अतिक्रमण गरी निर्माण गरेका भौतिक संरचनालाई महानगरपाकिलाले डोजरको सहयोगले हटाउने काम आज देखि सुरु गरेको हो ।

नगरको मध्यभागबाट बग्ने ४० फिटे नालालाई आतिक्रमण गरी क्याम्पसले निर्माण गरेको भवन लगाएका भौतिक संरचनालाई भत्काइएको नगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । उहाँले अतिक्रमण गरी निर्माण गरिएको भौतिक संरचनालाई हटाउन क्याम्पस प्रशासनलाई पटक-पटक आग्रह गर्दासमेत कुनै सुनुवाई नभएपछि बाध्य भएर डोजर प्रयोग गरिएको बताउनुभयो ।

महानगरपालिकाभित्र रहेका सार्वजनिक ऐलानी जग्गालाई आतिक्रमण मुक्त गराउन महानगरपालिकाले अभियान नै चलाएको छ र सोही अभियान अन्तरगत अतिक्रमण गरि निर्माण गरिएको हरिखेतान क्याम्पसको भवनलाई भत्काउने काम गरिएको नगर प्रमुख सिंहले जानकारी लिदनुभयो ।

उहाँले अतिक्रमण हटाउन लागेको सम्पूर्ण खर्च समेत महानगरपालिकाले अतिक्रमणकर्ताबाट असुल गर्ने बताउनुभयो । ४० फिटे नालामा रहेको अतिक्रमणका कारण वीरगन्जको आदर्शनगर एरिया प्रत्येक वर्ष वर्षाका बेला डुबानमा पर्ने गर्दछ ।

पछिलो तीन महिनाभित्र १ सय २५ विघाभन्दा बढी जग्गा अतिक्रमण मुक्त गरइएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.