सवारीको ठक्करबाट दुई हरीणको मृत्यु

मोरङ- मोरङको पथरी शनिश्चरेमा दुईवटा हरीण मृत फेला परेका छन् । आज विहान करिब ११:२५ को समयमा पुर्व पश्चीम महेन्द्र राजमार्ग अन्तर्गत पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० स्थित शिवर डाँडामा सवारीको ठक्करबाट २ हरीणको मृत्यु भएको हो ।

पशुपती सामुदायीक वनको संरक्षणमा रहेको हरीणले बाटो क्रस गर्ने क्रममा सवारीले ठक्कर दिएका कारण हरीणको मृत्यू भएको सव डिभिजन वन कार्यलय पथरी शनिश्चरेका प्रमुख दिवश कुमार चौधरीले बताउनुभयो । कुन सवारीले ठक्कर दियो भन्ने बारेमा पुष्टी नभएको र थप अनुसन्धान अगाडि बढाइएको चौधरीले बताउनु भयो ।

पशुपती सामुदायीक वनले ११ महिनाबाट उक्त हरीणलाई संरक्षण गरेरको थिए । मृत्यु हुने हरीण एउटा बच्चा र अर्को गर्भिणी पोथी रहेका छन् । सव डिभिजन वन कार्यलय पथरी शनिश्चरे मातहतमा एक महिनाभित्र ५ वटा दुर्घटना भएका छन् । ४ वटा दुर्घटनामा ५ वटा हरीणको मृत्यु भएको छ भने एउटा शिकारीको कारणले मरेको तथ्यांक रहेको छ ।

जंगली क्षेत्रमा तीब्र गतीमा सवारीसाधन कुद्नु, वन्यजन्तुका विषयमा सवारी चालकलाई चेतनाको अभाव हुनुले वन्यजन्तु सम्वन्धी दुर्घटना बढ्दै गएको ईलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख योगेन्द्र सिंह खड्काले बताउनु भयो ।

पछिल्लो समय मानिसमा जनचेतनाको कमि हुनु, जंगलमा आगो लगाउनु र सिकारी बढ्न थाले पछि वन्यजन्तु बस्ती आसपास निस्कने गरेका छन् । चरण क्षेत्रको अभाव हुनुका साथै वन्यजन्तु चोरि सिकारी र दुर्घटनममा कडाई नहुँदा घटना बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.