आत्महत्या जस्तो संवेदनशील विषयसँग नजोड्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतद्वारा अभिव्यक्त कुरालाई आत्महत्यासँग जोडेर समाचार सम्प्रेषण नगर्न-नगराउन अनुरोध गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी डा पवनकुमार साहले एक विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतको अभिव्यक्तिलाई सञ्चारमाध्यममा तोडमोड गरी प्रकाशित नगर्न अनुरोध गर्नुभएको छ ।

आत्महत्या जस्ता विषयसँग जोडेर मन्त्री बस्नेतको नाम पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । “एक जना विशेषज्ञ चिकित्सकलाई खटाएको ठाउँमा काम गर्न सम्झाई बुझाई गर्दा पनि निजले आफू राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटकपटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा निज सो तोकिएकै स्थानमा जाउन् भनेर स्वास्थ्य कर्मचारीको मनोबल उच्च राख्ने सन्दर्भमा सो भाषा प्रयोग भएको तर हाल सो तथ्य तोडमोड गरी अर्कै भाष्य सिर्जना गर्ने प्रयास गरी पत्रपत्रिका तथा सामाजिक सञ्जालमा भ्रम सिर्जना गरेको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले वर्षौंदेखि सुगममा मात्र जनशक्ति थुप्रने, दुर्गमका अभाव हुने बेथितिको सुधार एव निर्मलीकरण, दुर्गममा काम गरिरहेका स्वास्थ्यकर्मीको मनोबल बढाउने र दुर्गममा पनि स्वास्थ्य जनशक्ति पुर्‍याउने अभियान चलाइरहँदा प्रशासनिक सुधारका क्रियाकलापलाई आत्महत्या जस्ता संवेदनशील विषयसँग जोडेर समाचार सम्प्रेषण नगर्न÷नगर्नु सबैमा अनुरोध गरिएको छ ।

भ्रमपूर्ण र तोडमोड समाचारका पछि नलाग्नसमेत मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.