पन्ध्र दिनदेखि अबरुद्ध सडक खुल्यो

नवलपुर- पन्ध्र दिनदेखि अबरुद्ध मध्य पहाडी लाईफलाइनका रुपमा रहेको पुर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने दलदले धौबादी, बुलिङटार, गैडाकोट बुलिङटार पाल्पा रामपुर भएर स्याङ्जा, पर्बत जोड्ने कालीगण्डकी करिडोर सडक आज देखि खुलेको छ ।
जिल्लाको पहाडी बुलिङटार र बौदकाली गाउँपालिका हुँदै पाल्पा रामपुर, स्याङ्जासम्म चल्ने दुईवटै सडकखण्ड पन्ध्र दिनदेखि अवरुद्ध भएपछि सदरमुकामसँगको यातायात सम्बन्ध बिच्छेद भएको थियो ।
पहाडी क्षेत्रमा यातायात अबरुद्ध हुन पुगेपछि त्यस क्षेत्रमा खाधान्न, औषधीलगायतका अत्यावश्यक सामाग्रीको अभाव समेत भएको बुलिङटार- १ का वडाध्यक्ष दिलबहादुर सूर्यवंशी मगरले बताउनुभयो ।
गैडाकोट हुँदै कोटथर, डाँडाझेरी, बुलिङटार,अर्खला, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ, नरम, जौबारी, धौबादी हुँदै पाल्पा, स्याङ्जासम्म चल्ने दुईवटा सडक पहिरोले अबरुद्ध बनाएको र आजदेखि सूचारु भएको बुलिङटार गाउँपालिकाका राम्जी थापाले बताउनुभयो ।
दलदले धौबादी सडकखण्डको कुमसोत पाँग्रे खण्डमा दर्जनौ ठाउँमा पहिरो जाँदा अबरुद्ध बनेको सो बाटो मर्मतका लागि समय लागेको र आजदेखि सवारी चल्न थालेको देबचुली १३ का वडाध्यक्ष एकदेब पौडेलले बताउनुभयो ।
बर्षायाममा पहाडी क्षेत्रका जनताले सँधै दुःख खेप्नु परिरहेको र यसको समाधान खोजिनु पर्नेमा स्थानीयले जोड दिएका छन् । दैनिक दुई सय बढिको संख्यामा सवारी साधन गुड्ने ती सडक बन्द हुँदा पहाडी क्षेत्रका जनताले ठूलो सास्ती व्यहोर्नुपरेको थियो ।






प्रतिक्रिया राख्नुहोस्