कृषकहरुलाई अनुदानमा कृषि औजार तथा सामाग्रीहरु वितरण
काभ्रे- रोशी गाउँपालिका वडा नं. ६ स्थित सिपालीमा रहेको श्री घट्टेखोलो दूध संकलन तथा चिस्यान केन्द्र सहकारी संस्था लिले कृषकहरुलाई अनुदानमा कृषि औजार तथा सामाग्रीहरु वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कृषिऔजार वितरण कार्यक्रममा श्री घट्टेखोलो दूध संकलन तथा चिस्यान केन्द्र सहकारी संस्था लि.मा आबद्ध कृषकहरुलाई कृषिऔजार तथा सामाग्रीहरु वितरण गरिएको हो ।
कार्यक्रममा असल किसान प्रोत्साहन कार्यक्रम अन्तर्गत रु.४८ हजार २ सय ६५ का दरले १५ जना कृषकहरुलाई वागमती प्रदेश दूध तथा मत्स्य विकास बाट दुग्ध किसानहरुकालागि एकमुष्ट रु.३५ लाख ६८ हजार ५ सय ३२ अनुदान वितरण गरिनुका साथै गाउँपालिकाको ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत मिनि टिलर ४ थान, पोलिपाइप ६ थान वितरण गरीएको छ ।
त्यसैगरी, प्लास्टिक टनेल ४ थान, बीउ बिषादी २३ जनालाई, क्रेट २० थान, स्पेयर पम्प २० थान, जिल्ला भेटेनरी यान्त्रिकरण कृषिकार्यक्रम अन्तर्गत च्यापकटर ६ थान र प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तर्गत च्यापकटर १० थान वितरण गरिएको श्री घट्टेखोलो दूध संकलन तथा चिस्यान केन्द्र सहकारी संस्था लिले जानकारी दिएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईवा, अतिथिहरु प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, वडा नं. ६ का वडा अध्यक्ष नारायण बहादुर शिवाकोटी, वडा नं. ७ का वडा अध्यक्ष अशोक गौतम, लगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम जिल्ला समन्वय समितिका उप–प्रमुख तथा श्री घट्टेखोलो दूध संकलन तथा चिस्यान केन्द्र सहकारी संस्था लि.का अध्यक्ष रिम बहादुर लामाको सभापतित्वमा सम्पन्न भएको हो ।
प्रतिक्रिया राख्नुहोस्