शहर सफा राख्‍न ललितपुर महानगरले ल्यायो नयाँ प्रविधि

ललितपुर- ललितपुर महानगर पालिकालाई सुन्दर सफा सहरका रुपमा बिकास गर्न महानगरले नयाँ प्रविधिको सुरुवात गरेको छ ।

महानगरले सडकलाई धूलोमुक्त बनाउनुकासाथै सडकको दायाँबायाँ हरियाली कायम गर्न ६ हजार ५ सय लिटर क्षमता भएको ‘रोड वाटर स्प्रिङकल्स’बाट पानी र हावाको सहयोगमा एकै चोटी सडक सफा गर्न सक्ने प्रविधि प्रयोगमा ल्याएको हो ।

उक्त प्रविधिको शुुभारम्भ गर्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार नयाँ प्रविधिबाट सहर सौन्दर्यीकरण योजना अघि बढाइएको बताउनुभयो ।

ललितपुर महानगरलाई थप व्यवस्थित बनाउन थुप्रै काम बाँकी रहेको उल्लेख गर्दै यसलाई बिस्तारै नेपालको नमूना सहरका रुपमा बिकास गर्ने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.