फेरि रोकियो उपत्यकाको फोहर व्यवस्थापन
![](https://nepaltvonline.com/wp-content/uploads/2023/07/bancharedada.jpg)
काठमाडौं- काठमाण्डौ उपत्यकाको फोहर ब्यवस्थापनमा फेरी अवरोध शुरु भएको छ । ल्याण्डफिल्ड साइट सिसडोल र वंचरेडाँडाका स्थानीयले फोहर ब्यवस्थापनमा अवरोध गरेका हुन् ।
काठमाण्डौ भक्तपुर र ललितपुरबाट फोहर बोकेर गएका ट्रक तथा ट्रिपरहरुलाइ स्थानीयले ल्याण्डफिल्ड साइटसम्म पुग्न दिएका छैनन् । स्थानीयले अवरोध गरेपछि फोहर बोकेर गएका सवारी साधनहरु धादिङ र नुवाकोटका सिमानामा रोकिएका छन् ।
विगतमा गरिएका सम्झौता अनुसारको काम नभएको भन्दै स्थानीयले फोहर फाल्न अवरोध गरेको ककनी गाउँपालिकाका सुचना अधिकारी सुनिल आचार्यले जानकारी दिनु भएको छ ।
दैनिक २ सय ५० भन्दा बढी ट्रक तथा ट्रिपरहरुले काठमाण्डौ, ललितपुर र भक्तपुरका विभिन्न पालिकाबाट निस्कने फोहर सिसडोल तथा बन्चरेडाँडामा रहेको ल्याण्डफिल्ड साइटमा फोहरबिसर्जन गर्ने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्