केन्द्रिय समितिको बैठकका लागि कांग्रेसद्वारा दश एजेन्डा तयार

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा प्रस्ताव तयार गरेको छ । बैठकको प्रस्ताव तयार गर्न बसेको पूर्व पदाधिकार तथा पदाधिकारी छलफलले १० वटा विषय प्रस्ताव गरेको छ ।

कांग्रसेले पहिलो प्रस्तावको रुपमा समसामयिक विषय, आर्थिक, राजनीतिक, सुशासन लगायत बर्तमान मुद्द्धामा केन्द्रीय सदस्यहरुले छलफल गर्ने तय गरेको छ ।

त्यसैगरी पार्टीको सांगठनिक कार्ययोजना, प्रतिनिधि सभा निर्वाचन परिचालन समितिको प्रस्ताव, नीति महाधिवेशनको खाका लगायतका १० वटा विषयमा प्रस्ताव रहेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

पार्टीको विभाग गठनलाई पूर्णता र केही विभागको भूमिकाको व्याख्या समेत गर्ने केन्द्रीय समिति बैठकमा प्रस्ताव रहेको छ ।

त्यसैगरी पार्टीलाई सशक्त वनाउन र जनतासंग जोड्ने कामका लागि राष्ट्रव्यापी अभियान घोषणाको प्रस्ताव पनि गरिएको छ । बैठकमा केन्द्रीय अनुशासन समितिको प्रस्ताव पेश हुने तथा संसदमा कांग्रेसको भूमिकाका बारेमा प्रमुख सचेतकले केन्द्रीय समितिमा राख्ने प्रस्ताव छ ।

सरकारमा नेपाली कांग्रेसको भूमिका एवं प्रगति वारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको समिक्षा प्रस्तुत गर्ने तय भएको छ ।

केन्द्रीय समिति बैठकअघि केन्द्रीय कार्य सम्पादन समितिले बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २ गते १ वजेको लागि बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.