शिवखोला ट्रक दूर्घटना अपडेटः चार घण्टापछि घाइते अवस्थामा चालकको उद्दार

दाङ- ट्रक दुर्घटनामा परेर घाइते अवस्थामा च्यापिएका चालकको चार घण्टापछि उद्दार गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटना हुँदा चालक बसन्त चौधरी भित्रै च्यापिएका थिए । भैरहवाबाट रासायनिक मल बोकेर बाँकेको नेपालगंजतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक शिवखोलाको पुलबाट खोलामा खसेको थियो ।

पुलमा परेको खाडल छिचोल्ने क्रममा अनियन्त्रित भएर ट्रक खोलामा खसेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्रक खोलामा बिहान ४:३० बजेको समयमा खसेको थियो । दुर्घटनामा चालक बसन्त चौधरी र सहचालक प्रदीपकुमार रनिया घाइते भएका छन् ।

घाइते चालक चौधरी ट्रकले च्यापेको अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय अमिलियका प्रहरी प्रमुख सुरेन्द्र बर्तौलाले जानकारी दिनुभयो । उद्धार कार्यमा प्रहरी, नेपाली सेनालगायतका खटिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.