न्युजिल्याण्डमा महिला विश्वकपको पूर्वसन्ध्यामा गोली प्रहार, दुईको मृत्यु, ६ जना घाइते

न्युजिल्याण्डको अकल्याण्डमा फिफा महिला विश्वकप फुटबल शुरु हुनुभन्दा केही घन्टाअघि गोलीचल्दा दुई जनाको मृत्यु भएको छ । घटनामा बन्दुकधारी पनि मारिएका छन् ।

केन्द्रीय व्यापार जिल्लाको एक निर्माणस्थलमा भएको गोलीकाण्डमा प्रहरी अधिकारीसहित अन्य ६ जना घाइते भएका छन् । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले बन्दुक आक्रमण आतंकवादी घटनासँग सम्बन्धित नरहेको बताउनु भयो ।

साथै यस घटनाले महिला विश्वकपलाई कुनै असर नगर्ने र पूर्व निर्धारित योजना अनुरुप नै प्रतियोगिता अगाडि बढ्ने पनि प्रधानमन्त्री हिपकिन्सले स्पष्ट पार्नुभयो । साथै घटना कुनै राजनीतिक वा वैचारिक उद्देश्यले घटाइएको नपाइएको पनि उहाँको भनाइ छ ।

क्वीन स्ट्रिटमा भएको घटनाले अर्को जोखिम निम्त्याउने खतरा पनि नदेखिएको स्पष्ट पारिएको छ । अकल्यान्डका मेयर वेन ब्राउनका अनुसार फिफाका सबै कर्मचारी र फुटबल टोली सुरक्षित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.