कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न मितिमा अदालतबाट कैद र जरिवाना भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९-८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवना फैसला सुनाएपछि फरार रहेका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका एक हजार नौ सय ९५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकालाई अदालतले एकसय ७६ वर्ष सात महिना ३० दिन कैद असुल गरेको छ । अदालतले पक्राउ परेका उनीहरुसँग रु १२ करोड ८७ लाख ९३ हजार एक सय ३८ जरिवना असुल गरेको प्रवक्ता रिजालले बताउनुभयो ।

यस्तै, विभिन्न मितिमा अदालतबाट कैद र जरिवना ठहर भएका २३ हजार पाँच सय ९० व्यक्ति अझै फरार रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

आव २०७९-८० मा काठमाडौँ प्रहरीमा मोबाइल हराएका १८ हजार एक सय १२ निवेदन परेको छ । जसमध्ये ११ हजार एक सय ४६ चोरी, पाँच हजार आठ सय २५ हराएको र एक हजार एक सय ४३ पाकेटमारी भएका छन् । हराएका मोबाइलमध्ये एक हजार छ सय ५० मोबाइल फेला परेको प्रवक्ता रिजालले बताउनुभयो ।

काठमाडौँ प्रहरीमा आव २०७९-८० मा विभिन्न शीर्षकमा दुई हजार एक सय ६३ निवेदन दर्ता भएका छन् । दर्ता भएका निवेदनमध्ये सवारीसम्बन्धी एक सय १६, रकम ठगी नौ सय ९७, वैदेशिक रोजगारी ठगी पाँच सय ४०, जग्गासम्बन्धी विवाद ४०, झैझगडा कुटपिट ६३ उजुरी परेका छन् ।

यसैगरी, घरेलु हिंसा १५, सहकारीसम्बन्धी ठगी ५०, अनलाइन ठगी ४०, चेकसम्बन्धी ठगी दुई सय ७६, सरसामान चोरी २१ र मोटरसाइकल चोरीका तीन निवेदन परेको छ । जम्मा परेका निवेदनमध्ये छ सय २१ उजुरी फस्यौट भएको र बाँकी एक हजार चार सय ९५ उजुरी फछ्र्योट गर्न बाँकी रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.