केराबाट खेर गएको बस्तुबाट फाईबर धागो उत्पादन गरिने

बारा- निजगढ नगरपालिकाले निजगढका किसानहरुको खेर जाने केराको थामबाट फाईबर धागो उत्पादन गर्ने भएको छ । निजगढ नगरपालिका, युएनडिपी र हेल्भेटासको सकृयतामा केराको खेर जाने बोटको थामबाट फाईबर धागो उत्पादन गर्न सम्भाव्यता अध्ययन गरी शुरु गर्न लागेको हो ।

नेपालमै बढी केरा उत्पादन हुने बारामा धागोको रेशा बनाउने बारे छलफल कार्यक्रमको आयोजना गरी जानकारी दिइईएको हो । निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युएनडिपीका धनबहादुर चन्द र पुर्णिमा बर्जाचार्यले निजगढमा पहिले पटक फाईबर धागो उत्पादन गर्न सम्भब भएकोले मिलेर काम गर्न सकिने बताउनुभयो ।

हेल्भेटासका हरी बहादुर गुरुङले किसानलाई फाईबर धागो उत्पादनले थप आम्दानी बढने बताउनु भयो । कार्यक्रममा केरा ब्यबसायी संघका अध्यक्ष एक बहादुर श्रेष्ठ, भिमसेन सापकोटा, हिरा सारु लगायतले केराको जोनकोरुपमा विकास हुदै गएपनि समस्या समाधानमा सरकार र स्थानीय निकायले सहयोग गर्न नसकेको बताउनु भयो । किसानहरुले बीमा कम्पनीले केरा बालीको बीमा गर्न इन्कार गरेपछि आन्दोलित गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.