स्थानिय उत्पादन प्रबर्द्धन गर्ने उद्देश्यले चितवनमा शनिवारे मेला सुरु

चितवन- स्थानिय उत्पादनलाई प्रबर्द्धन गर्ने उद्देश्यले चितवनको भरतपुर अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा शनिबारे स्थनीय उत्पादन प्रबर्द्धन मेला शुरु गरिएको छ ।

चितवन उद्योग संघले स्थानीय रैथाने कृषिजन्य उत्पादन खाद्यान्न तथा परिकारलाई समेतलाई बजारीकरणका माध्यमबाट उद्यमशिलतामा जोड्ने र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले शनिवारे मेलाको आयोजना गरेको हो ।

मेलामा स्थानीय स्तरमा उत्पादन भएका तरकारी, खाद्यन्न, दुग्धजन्य परिकारहरु, किसानदेखि किचनको अवधारणाले मेला आयोजना गरेको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताउनु भयो ।

प्रत्येक शनिवार एक दिन मात्र लाग्ने मेलामा स्वदेशी रैथाने मौलिक र परम्परागत उत्पादन तथा खाद्यान्न घरेलु हस्तकलाका समानहरु स्वदेशमा नै उत्पादन भएका ताजा फलफुल तथा तरकारीहरु चिउरी तामा कुसुम न्युरो लरकैया मह गिठ्ठा भ्याकुर घरेलु अचार तथा भान्सामा चाहिने आबश्यक सामग्रि र स्थानीय रैथाने उत्पादन कोदो फापर र पोल्ट्रीजन्य उत्पादन गेडागुडीका ४० वटा स्टलहरु रहेका छन् ।

मेला प्रत्येक शनिवार ६ बजे देखि ११ बजे सम्म सञ्चालन हुने छ । मेलाको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन् गर्नु भयो । मेलाले स्थानीय स्तरका साना किसानहरुको उत्पादनले बजार पाउने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.