लामो समयदेखि फोहर ब्यवस्थापन नहुँदा अव्यवस्थित र प्रदूषित बन्दै मिर्मी बजार
स्याङ्जा- स्याङजास्थित मिर्मी बजारको फोहर लामो समयदेखि ब्यवस्थापन नहुँदा बजार नै कुरुप बन्दै गएको छ । बिगत ७ वर्षदेखि फोहर ब्यवस्थापनका लागी पहल भएपनि कार्यान्वयनमा आउन नसक्दा र खोला किनारमा फालिएको फोहरले आसपासका स्थानिय प्रदूषणबाट प्रभावित बनेका छन् ।
फोहरका लागी केहि बर्ष अगाडी निर्माण भएको ल्यान्डफिल्ड साइट सञ्चालनमा नआउँदा अहिले फोहोरको ब्यवस्थापन बजार आसपास रहेका खोला, खोल्सा क्षेत्रमा फालिंदै आएको छ ।
बजार नजिकैका मिर्मी खोला, बाँसघारी, फूलबारी, डुणखोला तथा अन्य पानीका मुहान क्षेत्रमा फालिएको फोहरले दुर्गन्ध फैलिएको छ नै, वायुप्रदुषणका साथै फोहोर बगेर किसानको खेतबारी पुग्ने गरेको स्थानिय गणेश पाण्डेले बताउनुभयो ।
बजारको बढ्दो जनघनत्वलाई मध्यनजर गरि दुई बर्ष अगाडी कालीगण्डकी गाउपालिकाले बजार भन्दा ३ किलोमिटर टाढा छिताहार भन्ने ठाउँमा ल्याण्डफिल्ड साइट निर्माणको सुरुवात गरेको भएपनि कार्यान्वयनमा आउन भने सकेन ।
गाउपालिका, बजार व्यवस्थापन समिति र स्थानीय वडाको टिमले मिर्मीको फोहोर व्यवस्थापनका लागि विस्तृत अध्ययन गरी सबैको सहकार्यमा समस्या समाधानमा लाग्ने बताउनुहुन्छ बजार ब्यावस्थापन समितीका अध्यक्ष नारायण भट्टराई ।
खोला क्षेत्रमा फालिंदै आएको फोहोरलाई ल्याण्डफिल्ड साईटमा ब्यवस्थापन गरी फोहोरबाट मोहर बनाउने अभियानका साथ काम गर्न सक्ने हो भने खोला, खोल्सा क्षेत्रमा फालिएको फोहोरले निम्ताएको प्रदुषणमा कमी आउने थियो ।
प्रतिक्रिया राख्नुहोस्