तम्घास बजारका १९ वटा औषधि पसलमा अनुगमन

गुल्मी- गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारमा सञ्चालन भएका औषधि पसलहरुमा अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीको नेतृत्वमा, स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल, आयुर्वेद कार्यालय, रेसुङ्गा नगरपालिका, औषधि व्यवसायीका प्रतिनिधिहरुको सहभागीतामा औषधि पसलको दर्ता, नविकरण, औषधिको म्याद लगाएतको विषयमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीले १४ एलोपेथिक र ५ वटा आयुर्वेद गरी १९ वटा पसलमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो । अनुगमनको क्रममा केही औषधि पसलमा अनुमानि नलिई सञ्चालन गरेको फेला परेको थियो ।

त्यस्तै केही पसलबाट एलोपेथिकको अनुमानि लिएर आयुर्वेद औषधि बेच्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत विनोद खनालले बताउनुभयो । केही म्याद नाघेको आषधि पनि फेला परेको थियो ।

अनुगमनका क्रममा फेला परेका कमि कम्जोरीलाइ तुरुन्तै सुधार गर्न अनुगमन कर्ताले निर्देशन दिएका छन् । स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा जिम्मेवार बनेर पसलहरु सञ्चालन गर्नुपर्ने अनुगमन कर्ताले सुझाव दिएको प्रशासकीय अधिकृत गिरीको भनाइ छ ।

एकपटक सुधार गर्न अनुरोध गरिएको पसलबाट पुनः एउटै कार्य दोहोरीए कारबाही समेत गरिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.