तिनाउ नदी आसपासका स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह

रुपन्देही- रुपन्देही, नवलपरासी, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र दानव नदीमा बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान बिहान सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतह खतरा तह भन्दा निकै माथि पुगेको र बढ्दो रहेको छ ।

बाढीको उच्च जोखिम रहेकाले तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहनुहन आग्रह गरिएको छ । तिनाउमा बाढी आयपछि तिनाउ आसपासका बासिन्दा अहिले घर बाहिर निस्केका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.