तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार

रुपन्देही- बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ । बुटवल मजुवास्थित तिनाउ नदिको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एकजना पुरूषलाई नगर प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उदेश्य वा खोला हेर्ने उदेश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनु भयो ।

उहाँले नदीकिनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाईएको बताउनु भयो । नदिकिनार क्षेत्रमा नगरप्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.