मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता

रुपन्देही- रुपन्देहीको मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । सम्मरीमाइ गाउँपालिका वडा नम्बर ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादव दानव खोलामा दाउरा लिन जाँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दिपक कुंवरका अनुसार दिउँसो यादवसहित करिब १५ जना दाउरा टिप्न गएका थिए । सोही क्रममा दानव खोलामा आएको बाढीले मानती यादवलाई बगाएको हो ।

बेपत्ता यादवको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले खोजी गरिरहेको प्रबक्ता दिपक कुँवरले जनाकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.