पुनःकालोपत्रे पछि चिटिक्क बन्यो तम्घास बजार (तस्वीर सहित)

गुल्मी- गुल्मी जिल्ला सदरमुकाम तम्घास बजार क्षेत्रको बाटो पुनः कालोपत्रे गरिएको छ । तम्घास बजारमा क्षेत्रमा रहेको पक्की बाटो भत्किएसँगै सवारी साधनलाई आवत-जावत गर्न जोखिम बन्नुका साथै बजारको सुन्दरता समेत हराउँदै जान थालेको थियो ।

तर अहिले पुनः कालोपत्रे गरेपछि सुन्दर बनेको छ । वषौं पहिले कलोपत्रे गरिएको सडक बजारका बिभिन्न ठाउँमा भत्किएर जीर्ण बनेपछि पुनःकालोपत्रे गरिएको हो ।

बजार क्षेत्रको सडक बिभिन्न समयमा मर्मत गर्ने काम पनि भएकै हो । तर बारम्बार बर्खाको समयमा सडकको अवस्था झनै जीर्ण बन्दै गएको थियो ।

तम्घास बजारमा गरिएको पुनः कालोपत्रे गर्ने कार्यले तम्घास बजारको नयाँ सौन्दर्य आएको स्थानीय अटो चालक गणेश नेपालीको भनाइ छ । अहिले पुनःकालोपत्रे भएपछि धेरै सहज भएको नेपालीले बताए ।

तम्घास बजार क्षेत्रमा करिब २० वर्ष पहिले कालोपत्रे गरिएको थियो । तर कालोपत्रे गरेको वषौं पछि सडकमा खानेपानीका पाइपहरु लगायत बिभिन्न निर्माण कार्यका कारणले सडक जीर्ण बन्दै गएको थियो । अहिले बजारलाई सुन्दर शहर बनाउने उदेश्यले पुनः कालोपत्रे गर्ने कार्य अगाडी बढाइएको हो ।

सडक पुनः कालोपत्रे गर्ने कार्य संघिय आयोजना कार्यन्वय इकाई रुपन्देही अन्तर्गत भवन तथा शहरी डिभिजन कार्यालय भैरहवाले आर ए बिल्डर्स काठमाडौंलाई निर्माणको जिम्मा दिएको थियो ।

सडकको कुल ४ करोड ५० लाख लागतमा २०७८ साल बैशाखमा सम्झौता भइ २०७९ सालको असारमा सम्पन्न गर्ने गरी ठेक्का भएको संघिय आयोजना कार्यन्वय इकाई रुपन्देही अन्तर्गत भवन तथा शहरी डिभिजन कार्यालय भैरहवाका इन्जिनियर टिका थालाले बताउनुभयो ।

तर गतवर्ष काम सम्पन्न हुन नसकेर पुनः म्याद थप भएर काम सम्पन्न भएको हो । बजारक्षेत्रमा पुनः कालोपत्रे गर्ने कार्य अन्तर्गत १ हजार ४ सय घन मिटर कलोपत्रे गर्नुपर्ने थियो ।

सोहि अनुसार केहि घनमिटरको काम बाँकी रहेकाले त्यो पनि पुरा गरिने इन्जिनियर थापाले बताउनुभयो । बजारक्षेत्रमा पुनःकालोपत्रे गरेर रोड मार्किङ र क्याट आइ समेत राखेर चिटिक्क पारिएको छ ।

बजारका केहि स्थानमा सडक पार पर्ने संकेतहरु पनि राखिएको छ । जसले गर्दा सडक दुर्घटना न्यूनिकरण पनि हुने वडाअध्यक्ष पन्थीको भनाइ छ ।

तम्घास बजारमा पुनः कालोपत्रेसँगै सडक चौडा बनाउने उदेश्यले सडक छेउका पेटी पनि हटाइएको छ । त्यस्तै बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका बिद्युत, टेलिकम र इन्टरनेटका तारलाई पनि हटाइएको छ ।

बजारक्षेत्रका होचा र काठका पोल हटाएर अग्ला पोलमा अव्यवस्थित तारलाई व्यवस्थित बनाउने कार्य पनि गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । बजार क्षेत्रमा जीर्ण सडक, अव्यवस्थित तार र सडक चौडा बनाउने उद्देश्यले घरका पेटी हटाउने कार्यले सुन्दर तम्घास बजार बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.