कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, बैठकका निर्णयहरु आज सार्वजनिक गरिने

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउसो ४ बजे बस्दैछ । आजको बैठकमा छ दिनसम्म चलेको केन्द्रिय समितिको बैठकको निर्णय सार्वजनिक गरिंदैछ ।
गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।
आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।
आजको बैठकमा महामन्त्रीको प्रस्तावमाथि भएको दुइपक्षीय बहसलाई कांग्रेसले कसरी अवतरण गराउला आम चासो विषय बनेर रहेको छ ।
नेपाली काँग्रेसको बैठकमा खासगरी सरकारमा काँग्रेसको भूमिका, गठबन्धनको औचित्य र आगामी दिनमा काँग्रेसको आन्तरिक एकता मुलभूत रुपमा उठेका थिए ।
प्रतिक्रिया राख्नुहोस्