आमनागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको हो : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारबाट भए गरेका कामको व्यवस्थित ढङ्गले प्रचारप्रसार तथा नागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको भएको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित संवैधानिक निकाय, सङ्घीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीबीचको अन्तरक्रियाको उद्घाट्नमा उहाँले सूचनाको विषयलाई गम्भीररुपमा लिन, सरकारबाट भएका काम व्यवस्थित ढु्ङ्गले प्रचारप्रसार गर्न तथा नागरिकलाई सुसुचित गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभयो ।
मन्त्री शर्माले सरोकारवाला व्यक्ति एक ठाउँमा बसी अन्तरक्रिया गर्ने, सबैमा भएका अनुभव ज्ञान, सीप र क्षमता आदानप्रदान गर्ने तथा सूचनालाई व्यवस्थित गर्ने आशयका साथ गरिएको यो कार्यक्रम जरुरी रहेको उल्लेख गर्दै धन्यवाद दिनुुभयो ।
उहाँले गणतन्त्र दिवसका अवसरमा पुस्तक प्रकाशन गर्दा मन्त्रालयगत तथ्याङ्क विवरण प्राप्तमा आफूले समस्या भोगेको महसुस गर्नुभयो । “कतिपय अवस्थामा तथ्याङ्कको अभाव हुँदा पनि मूलभूतरुपमा नीतिमा फरक नपर्ने गरी मिलाएर बोल्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “सबै मन्त्रालयले गरेको काम एउटा पोर्टल बनाएर एकीकृत गर्न सके त्यो दैनिक रिर्पाेटिङमा जान्छ र सबैलाई जानकारी हुन्छ । ” मन्त्री शर्माले यसमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।
सबै मन्त्रालयले गरेका कामको दैनिक रेकर्ड राख्ने हो भने सूचनाका विवरण खोज्न सहज हुने उहाँको भनाइ थियो । यसका लागि न्यूनतम खर्चमा एक पोर्र्टल बनाउने काममा मन्त्रालय लागेको समेत उहाँले बताउनुभयो ।
मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिने पत्रकार सम्मेलनमा सम्बन्धित निकायका प्रवक्ता नै उपस्थित भएर सूचना दिन सके पत्रकार सम्मलेन प्रभावकारी हुने बताउँदै नियमित उपस्थितिका लागि आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले सरकारले पारदर्शीता र विश्वास कायम गर्नका लागि भए पनि सरकारबाट भएगरेका काम आम नागरिकले थाहा पाउने गरी सूचना दिन हिच्किचाउन नहुनेमा जोड दिनुभयो ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकारले गरेका काम सार्वजनिक गर्ने सन्दर्भमा देखिएका समस्या समाधान गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.