भांगे झरनामा आन्तरिक पर्यटकको घुइँचो

रसुवा- रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको भांगे झरनामा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । केहि वर्ष अघि सम्म भांगे झरनाको कतै चर्चा थिएन ।

सामाजिक सञ्जालमा भाइरल भएपछि झरना हेर्न र रमाउन आउनेको भीड लागेको हो । तल बाट माथि हेर्दा सिनेमाहरुमा देखिने झरना जस्तै भएकाले भांगे झरनामा अहिले दिनहुँजसो मानिस आउने गरेका छन् ।

बिदाको दिन भने झरना हेर्नेको भिड थामि नसक्नु हुने गर्दछ । झरना हेर्दै मनोरञ्जन लिन काठमाडौं उपत्यका लगायत नुवाकोट,धादिङ मकवानपुर लगायतका जिल्लाहरु बाट सयौंको संख्यामा यस ठाँउमा आउँदछन् ।

झरना हेर्न पुग्ने धेरैजसो युवायुवतीहरु पौडी खेल्ने, झरनामा नुहाउने, टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाउने गर्छन् । यो झरना बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा पर्दछ ।

झरना बेत्रावति बजारबाट करिब ५ किमिको दुरीमा उत्तरतर्फ पर्दछ । झरना हेर्नेको भीड बढ्न थालेपछि उत्तरगया गाउँपालिकाले यस ठाँउको पूर्वाधार बिकासका लागि डिपिआर तयार गरि सकेकोले आगामी बर्ष देखि यस ठाँउमा मनोरञ्जन लिन आउनेहरुका लागि आबस्यता हेरि पुर्वाधार निमार्ण हुने वडा नम्बर दुईका वडाध्यक्ष टुकु सुबेदि बताउनु हुन्छ ।

यो झरना मौसमी झरना भएपनि निकै माथिबाट झरेकाले बार्षाका तीन महिना मनोरञ्जन लिनेहरुका लागि मनमोहक र आकर्षक बन्दै गएको छ ।

रहेकाले भांगे झरनाको पर्यटन प्रवर्द्धनका लागि उत्तरगया गाउँपालिकाले ढिला नगरिकन पूर्वाधार निमार्ण गरेमा यस ठाँउमा आउने आन्तरिक पर्यटकहरु बढन गई यस क्षेत्रका मानिसहरुको आय आर्जनमा थप सहयोग मिल्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.