अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

पाल्पा- गएरातिदेखि वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा खुलेको छ । उक्त राजमार्गको तानसेन बुटवल सडक खण्डको तिनाउ गाउँपालिका वडा नं. ३ दोभानस्थित हेडबक्स नजिकै खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा नजिकै निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको प्रारम्भिक विन्दुमाथिबाट पहिरो खसेको थियो । रातिदेखि नै ढुंगासहितको पहिरोले अवरुद्ध भएको सडक एकतर्फी रुपमा खुलाएर सवारी आवागमन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर रमल्ले जानकारी दिनुभयो ।
प्रमुख मल्लका अनुसार हाललाई रोक्किएका सवारी पास गरेर दुईतर्फी रुपमा सडक खुलाउने प्रयास गरिनेछ । पुनः पानी नपरेमा दिउँसोसम्म पूर्ण रूपमा सवारी संचालन हुने प्रहरीले जनाएको छ ।
सडक खुलेसंगै बिहानैदेखि सडकमा अलपत्र परेको यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । उक्त स्थानमा केही दिनअघि पनि पहिरो खसेर सवारी आवागमन रोकिएको थियो । यस्तै पहिरोका कारण सिद्धबाबा सुरुङमागर्गको दुवैतर्फको प्रारम्भि विन्दुका भागहरु अर्थात रिब पूर्ण रुपमा भत्काएको छ ।






प्रतिक्रिया राख्नुहोस्