काठमाडौं- संवैधानिक परिषद्को अर्को बैठक यही साउन १८ गते बिहीबार ५ बजे बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठक भने निष्कर्षविहीन टुङ्गिएको छ ।
संवैधानिक परिषद्को बैठक पुनः बस्नेगरी आजको बैठक टुङ्गिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको हो । आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्